ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ फागुन २ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, २ फागुन– पर्साको ट्रकले ठक्करबाट साइकल चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा साइकलमा सवार नागेन्द्र ठाकुर रहेका छन ।

वीरगञ्ज महानगरपालिका–२० मा बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए । साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए ।

उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको थियो । ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us