तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ: विप्लव

काठमाण्डु टुडे २०७९ फागुन १ गते १७:२१ मा प्रकाशित

काठमाण्डु,१ फागुन– नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक रहेको बताएका छन ।

आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘तपाईमा मिटर ब्याजीको आतंक छ ।

पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’ उनले देशमा आर्थिक संकट बढ्दै जाँदा नेपाली जनता एक छाक खान, एक सरो लुगा लगाउन र बस्ने बासको निम्ति तड्पी रहेको बताएका छन ।

उनले भने, ‘आजको संकटको केही पार्टी र नेताहरूको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us