बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन १ गते १७:१४ मा प्रकाशित

रोल्पा,१ फागुन– प्रहरीले रोल्पाबाट बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढा रहेका छन ।

नरबहादुरमाथि बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोप उनललाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रथमनको घटनास्थलमै मृत्यु भएको प्रहरीको जानकारी दिएको छ ।

घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us