राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०७९ फागुन १ गते १६:१४ मा प्रकाशित

काठमाण्डु,१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा पेस गरेका छन् ।

समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनका विषयमा छलफल हुने सह–महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन ।राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले २४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us