
काठमाण्डु,१ फागुन– सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् ।
काठमाण्डु जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका छन ।
उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् ।