बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगजनी

काठमाण्डु टुडे २०७९ फागुन १ गते १३:३६ मा प्रकाशित

काठमाण्डु,१ फागुन– बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेके खुलेको । प्रहरीले गाडीमा आगो लगाएको आरोपमा चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी रहेका छन । आइतबार राति २ बजे मधुबन नगरपालिका–४ बसन्तास्थितमा लु २ ख २०८४ नम्बरको फोर्स गाडी आगलागी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाडीमा आगजनी भएको खबर पाएर पुगेको इलाका प्रहरी कार्यालय ढोढरीको टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा चालक चौधरीले आफैंले आगजनी गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिएका छन ।

रामुले गाडी बिग्रिएको र मर्मतको लागि ग्यारेजमा लैजाँदा धेरै रकम लाग्ने भनेपछि बीमाको रकम दाबी गर्ने मनसायले आगजनी गरेको बताएका डीएसपी बोहराले जानकारी दिएका छन ।

२९ माघमा अर्को जिपले तानेर रामुले उक्त गाडीलाई चालकले जंगल क्षेत्रमा पर्ने बसन्ता पुर्‍याएका थिए । त्यसपछि चालकले डिजल छर्केर आगजनी गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us