सार्वजनिक बिदाको विरोधमा माइतीघरमा मण्डलामा प्रदर्शन हुने

काठमाण्डु टुडे २०७९ फागुन १ गते १२:३२ मा प्रकाशित

काठमाण्डु,१ फागुन– आज सोमबार माइतीघर मण्डलामा नेपालमा सार्वजनिक बिदाहरु धेरै भएको भन्दै विरोध प्रदर्शन हुने भएको छ।

सार्वजनिक सरोकार मञ्चले आर्थिक रुपमा संकटमा परेको मुलुकामा राज्य संयन्त्रको दुरुपयोग गरी सार्वजनिक बिदा दिने परिपाटी बढ्दै गएको भन्दै विरोध गर्ने जानाएको छ ।

मञ्चले एक विज्ञप्ति जारी गर्दै विरोधमा सहभागी हुन अपिल समेत गरेको छ । विज्ञप्तिमा भनीएको छ , ‘सार्वजनिक बिदा हुन हुन्न भन्ने हैन।

तर एक दिनको बिदाले राज्यलाई पर्ने भारदेखि नागरिकले पाउने सेवामा वञ्चित, विद्यार्थीहरुमा पर्ने पढाइको बोझ, न्यायालयमा पर्ने असरको व्याख्या गरी साध्य छैन। त्यसकारण सार्वजनिक बिदा दिने सवालमा सरकारको ध्यानाकर्षण गर्न विरोध सभा आयोजना गरिएको हो।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us