साउदी अरबले महिलालाई अन्तरिक्षमा पठाउने

काठमाण्डु टुडे २०७९ फागुन १ गते १२:१४ मा प्रकाशित

एजेन्सी– साउदी अरबले २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने भएको छ ।

महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यमध्ये अन्तरिक्षमा पठाउने साउदी अरबले जानकारी दिएको छ ।

उनीहरु अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्षयात्री पनि हुनेछन् । यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्याउनु रहेको छ ।

यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us