
रुपन्देही,१ फागुन– प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सैनामैना घर भएका २३ वर्षीय नवीन सेन, ३१ वर्षीय प्रतिप गौतम, २४ वर्षका नारायण शाही, र २८ वर्षीय सन्दीप गौतम रहेका छन ।
कपिलवस्तुबाट खैरो हेरोइन लिएर आउँदै गरेका नवीन र नारायणको साथबाट २ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिप र सन्दीपको साथबाट ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताएका छन ।