ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०७९ फागुन १ गते ११:१२ मा प्रकाशित

काठमाण्डु,१ फागुन– आज बिहान ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस भएको थियो । ओलाङचुङ्गोलामा भने कुनै पनि किसिमको क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us