
काठमाण्डु,२९ माघ– कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन–२ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । यसका लागि पार्टीको निर्णय पनि कुर्ने नेता श्रेष्ठले बताएका छन ।
निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ । ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।
तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसलया गर्यो ।
रिक्त भएको स्थानमा उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता श्रेष्ठले आफू तयारीमा जुट्ने बताएका छन । नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन दिएका थिए ।
उनको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन् । गत चुनावमा रवि लामिछानेसँग नेता श्रेष्ठसहित एमालेका कृष्णभक्त पोखरेल लगायतले प्रतिस्पर्धा गरेका थिए ।
त्यसबेला लामिछानेले उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए ।