
काठमाण्डु, २९ माघ- सुनजस्तो देखिने धातु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेका छन।उनीहरुलाई सुनजस्तो देखिने धातु ५ सय ग्राम सहित आगमन टनेल गेट नजिकैबाट पक्राउ परेका हुन् ।
ईन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाण्ड। आयका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला परेको जनायको छ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।