
काठमाण्डु,२९ माघ– पृथ्वी राजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३, गाउँपालिका चोकमा आइतबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मूत्यु हुनेमा सोही आबुँखैरेनी गाउँपालिका–३ निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विक रहेका छन । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१ख ६३०७ नम्बरको बसले ठक्कर विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ठक्करबाट घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिएका छन ।
उक्त घटनापछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।