
काठमाण्डु,२९ माघ– पोखराका व्यवसायी बलराम गौतम शनिबार बिहान मृतावस्थामा फेला परेका छन । २ माघमा घरबाट निस्केका उनी वीरगन्जमा मृतावस्थामा फेला परेका हुन ।
केही दिनअघि घरबाट निस्केर हिँडे उनल परिवारलाई आफु भारतमा रहेको बताएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको प्रहरीले जानकारी दिएको छ ।
उनी कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरीएको छ । उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको थियो ।
आइतबार तुलसीघाटमा उनको अन्त्येष्टि गरिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका व्यवसायी गौतम नेकपा एमाले गण्डकी प्रदेशका सदस्य हुन् । उनी पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पनि हुन् ।