
काठमाण्डु,२९ माघ– लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा अधिवक्ता खुमाकान्त पौडेल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अधिवक्ता खुमाकान्त पौडेललाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन ।
लुम्बिनी प्रदेश कानून आयोगका पूर्व सदस्य रहेका पौडेललाई मुख्यमन्त्री गिरीले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका निवासी पौडेल लामो समयदेखि कानुन क्षेत्रमा सक्रिय थिए ।