
बारा,२९ माघ– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी हुँदा ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
आगलागी हुँदा लाखौंको क्षति भएको अनुमान गरीएको छ । आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँचरपाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमशस् २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान गरीएको छ ।
मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो रु भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जानकारी दिएको छ ।
बिहान ७:३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ ।
आगलागीबाट ठूलो क्षति भएकोले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले १ बजे आकस्मिक बैठक बोलाएको छ ।बैठकमा कसको के कति क्षति भयो के कसरी व्यवसायीहरुलाई राहत मिल्छ भन्ने समबन्धमा छलफल हुने नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिएका छन ।