
काठमाण्डु,२९ माघ– नेपाल चिकित्सक सङ्घको आन्दोलनका कारण अस्पतालमा बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प भएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्रमा परेका छन ।
उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । तत्काल अस्पताल खोलेर चेकजाँच गर्न माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सक सङ्घका पदाधिकारीबीच वार्ता भइरहेको भए पनि सहमति जुट्को छैन ।