
काठमाण्डु, २८ माघ– मकवानपुरमा आफन्तको विवाहबाट फर्कंदै गरेका एक जनाको मृत्यु भएको छ ।
इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको शुक्रबार राति छिमेकीको बिहेमा सहभागी भएर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
मकवानपुर प्रहरीका डिएसपी उपरीक्षक टेकबहादुर कार्कीले भिरबाट करिब ४० मिटर तल खसेर लामाको मृत्यु भएको जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।