ओलीको गाडी चढेर बालकोट पुगे महन्थ,बालकोटमा छलफल जारी

काठमाण्डु टुडे २०७९ माघ २७ गते १८:१३ मा प्रकाशित

काठमाण्डु,२७ माघ– एमाले अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच छलफल ओलीनिवास बालकोटमा छलफल जारी छ।

उनीहरूबीच समसामयिक राजनीति र राष्ट्रपतिको आगामी निर्वाचनबारे छलफल चलिरहेको बताइएको छ । महन्थ संसद् बैठकबाट निस्केर ओलीकै गाडीमा चढेर बालकोट पुगेका थिए।

राष्ट्रपतिको निर्वाचन २५ फागुनका लागि तय भएको छ। लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएको छैन।

सरकारमा सहभागी चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने केही दिन पहिले सरकारबाट बाहिरिसकेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us