
काठमाण्डु,२७ माघ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सत्ता गठबन्धनभित्रै राजनीति नेतृत्वबाट राष्ट्रपति बन्ने बताएका छन ।
आज शुक्रबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । शर्माले राजनीतिक पृष्ठभूमि बाहिरबाट राष्ट्रपति नबन्ने समेत बताएका छन ।
उनले भने, ‘राजनीतिक नेतृत्वबाटै राष्ट्रपति बन्छ ’ सरकार सम्बद्ध गठबन्धनले गरेको प्रस्तावमा राष्ट्रिय सहमति हुन आवश्यक छ।’
उनले माओवादीमा राजनीतिबाहिरबाट राष्ट्रपति ल्याउने कुरा नचलेको बताउँदै अहिलेको सरकार कुनै समस्यामा नरहेकोसमेत बताएका छन । ९९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको सरकार हो, यसको कुनै चिन्ता छैन ’ ।