
काठमाण्डु,२७ माघ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्र सरकार जोगिने नजोगिनेबारे हेर्दै जानुपर्ने बताएका छन ।
आज (शुक्रबार) संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रदेश सरकार जोगाउन नसकेको अवस्थामा केन्द्र सरकार के हुन्छ ? भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले भने,‘हेर्दै जाऔँ ।’
उनले राष्ट्रपति पनि एमालेले जो भन्यो त्यो नै हुने बताएका छन । राष्ट्रपतिका बारेमा एमालेले जसलाई अघि सार्छ उही राष्ट्रपति बन्ने पनि ओलीको भनाइ छ ।
संसदबाट बाहिर निस्कने क्रममा पत्रकारसँग छोटो प्रतिक्रिया दिएका ओलीले आफूहरुले भनेकै व्यक्ति राष्ट्रपति हुने दाबी गरे । उनले भने,‘हामीले जो भन्छौं, उही हुन्छ ।’