
काठमाण्डु,२७ माघ– कांग्रेसका सांसद डा चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताका छन । उनले आज शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताएका छन । उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताएका छन ।
उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक भएको बताएका छन ।
उनले भने, ‘ ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्यौं ।
तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गरे । यो एउटा पक्ष छ । हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ ।’