सुदूरपश्चिम प्रदेश सरकारमा देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्री नियुक्त

काठमाण्डु टुडे २०७९ माघ २७ गते १६:२४ मा प्रकाशित

काठमाण्डु,२७ माघ– सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीबाट एक एक जना मन्त्री नियुक्त भएका छन । कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन्

भने एकीकृत समाजवादीले नरेशबहादुर शाहीलाई आर्थिक मामिला मन्त्री बनेका छन । मन्त्री नियुक्त भएका देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको हो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us