
काठमाण्डु,२६ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।
बिहीबार भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई निरन्तर भेटवार्ता गर्दै आएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि प्रधानमन्त्री दाहाललाई भेट्न थापा बालुवाटार पुगेका हुन् ।