
काठमाण्डु,२६ माघ– नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको छ ।
नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले पहिलेकै वरीयतालाई यसपाली पनि निरन्तरता दिएर सूची तयार पारिएको जानकारी दिएका छन ।
माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय गरेको थियो । पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन छन् ।
यस्तै तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ छन ।
उपमहासचिवको वरियतामा क्रमशस् गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा रहेका छन ।