
काठमाण्डु,२६ माघ– एमाले अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक जारी छ ।
२५ फगुनमा हुने राष्ट्रपति निर्वाचन र सुदुरपश्चिमको सरकारमाथि आइपरेको संकटका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको हो ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारले लिने विश्वासको मतका विषयमा छलफल हुने बताइएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ।