सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई रावललाई विश्वासको मत दिन्नौं: रञ्जिता श्रेष्ठ

काठमाण्डु टुडे २०७९ माघ २६ गते १३:३२ मा प्रकाशित

काठमाण्डु,२६ माघ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने बताएको छ । रावलले आज बिहीबार विश्वासको मत लिदै छन ।

तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा सम्बोधन नहुने भएपछि हामीले विश्वासको मत नदिने निर्णय गरेका छौं ।’

बुधबार विश्वासको मत दिने कार्यक्रम स्थगित गरेर एमाले नेताहरुले बुधबार नागरिक उन्मुक्ति पार्टीले नेताहरुसँग छलफल गरेका थिए । तर कुनै सहमति हुन सकेन ।

प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् वा लिएनन् भने रावल स्वतः पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन ।

तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us