
एजेन्सी– युक्रेन युद्धको विषयलाई लिएर बेलाइतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन ।
युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटवार्ता गर्न बेलायत पुगेका छन । उनले बेलाइतको संसद्लाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो ।
यो घोषणा युक्रेन विरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने छ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्था विरुद्ध केन्द्रित हुनेछ।
बेलायती विदेश मन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दबाब पर्ने बताएका छन । नयाँ प्रतिबन्धहरूले पुटिनमाथिको आर्थिक दबाबलाई थप बलियो बनाउने छ ।
युक्रेनलाई विजयी बनाउन मद्दत गर्न र रुसलाई कमजोर पार्न म दृढ छु । यी कुराहरू हाम्रो कानुनसँग मेल खान्छन्, ‘उनले भने।