खेतमा दिशा गरेको निहुमा झड़प हुँदा एक महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २६ गते १२:५६ मा प्रकाशित

काठमाण्डु ,२६ माघ- रौतहटमा खेतमा दिशा गरेको निहुमा झड़प हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमाजिल्लाको मौलापुर नगरपालिका -९ सोनरनियाका स्थानीय पनिलाल यादवकी श्रीमती सुगन्धी देवी रहेको प्रहरी ले जनायको छ। घरबाट खेतमा जाने बाटोमा दिशा गरेको भन्दै स्थानीय भोला यादव र पनिलाल यादवको परिवारबीच बुधबार साँझ झडप भएको र खुटामा दिशा लागेको आक्रोशमा भोला यादव पनिलाल यादवको घरमा गई पनिलालकी श्रीमती सुगन्धि देवीलाई बाँसको भाठाँटाले निर्घात कुटपिट गरेको प्रत्येक्षदर्शीले बताए” ।

कुटपिटबाट गम्भिर घाइते भएकी सुगन्धिलाई उपचारको लागि बिरगञ्ज लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मुख्य आरोपी भोला यादव भने घटनालगतै फरार भएका छन भने उनको परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार भोलाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us