प्रधानमन्त्री र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ माघ २५ गते १७:३७ मा प्रकाशित

काठमाण्डु,२५ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

आज (बुधवार) सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता भएको हो ।

भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् ।

उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् । दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाण्डु आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us