नेपालमा आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण

काठमाण्डु टुडे २०७९ माघ २२ गते १३:१३ मा प्रकाशित

काठमाण्डु,२२ माघ– नेपाल टेलिकमले आजदेखि फाइभजी सेवाको आन्तरिक परीक्षण सरु गरेको छ । १९ औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको परीक्षणको औपचारिक शुभारम्भ गरेको छ ।

काठमाण्डुको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा रखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण थालिएको छ । यो सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै उपभोग गर्न पाउने छन ।

सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्युन भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्युन रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जानकारी दिएको छ ।

२६०० मेगाहर्ज ब्याण्ड अन्तरगत टेलिकमले फाइभजी सेवाको थालनी भएको हो । परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सार्वसाधाराणका लागि सेवा उपलब्ध गराएइने कम्पनीका एक अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us