
काठमाण्डु, २२ माघ– नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा जबराको आइतबार बिहान निधन भएको हो । शरीरमा युरियाको मात्र अधिक भएर समस्या आएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै रहेका बेला खानेकुरा सर्किएर फोक्सोमा असर गरेपछि जबरालाई शुक्रबार रातिबाट आइसीयमा राखिएको थियो ।
नेपाल सरकारको विशिष्ट श्रेणी सचिवबाट अवकाश लिएका उनी राष्ट्रबैंकको पहिलो गभर्नर भएका थिए । २०१३ साल वैशाख १४ देखि २०१७ साल माघ २५ गतेसम्म गभर्नर थिए । राणा हाल हिमालयन बैंकको प्रमुख सल्लाहकार थिए ।
उनैले सन् १९९३ मा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक लिमिटेड स्थापना गरेका थिए ।