
चितवन,२० माघ– चितवनका तरकारी उत्पादक किसानले स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध गरेका छन ।
उनीहरुले भारतीय तरकारीको जथाभावी आयातले स्वदेशी तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, परबल लगायतका तरकारी फालेर आन्दोलन गरेका छन ।
उनीहरुले सरकारले आफूहरुको समस्या पटक्कै नसुनेको गुनासो गरेका छन । स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न कत्ति पनि सरकारले सहयोग नगरेको उनीहरुले बताएका छन।
तरकारी बोक्ने सवारी साधनसहित जम्मा भएका किसानहरुले बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिंदैन भन्दै प्लेकार्ड र ब्यानर बोकेका थिए ।
लागत अनुसारको तरकारीको मूल्य सरकारले तोक्नुपर्ने र भारतीय तरकारीको आयात रोक्नुपर्ने माग उनीहरुले गरेका छन ।