
काठमाण्डु,१९ माघ– बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा समावेश भएका हुन । निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले जानकारी दिएका छन ।
सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनले बताएका छन । उनले सन्दीप आवश्यक पर्ने खेलाडी भएकाले उनलाई आजबाट टिममा समावेश गर्ने निर्णय भएको बताएका छन ।
सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग कीर्तिपुरमा भेट गरेका थिए । उनले प्रशिक्षण पनि गरेका थिए । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
केही दिन अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।