
काठमाण्डु,१९ माघ–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल भएको बताएका छन ।
उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक भएको बताएका छन । उनले अर्थतन्त्र ऋणात्मक लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताएका छन ।
विराटनगरमा आजदेखि सुरु भएको सि आइएन कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले १० पुसमा नयाँ संरकार बनेपछि सवा महिनामा देशको अर्थतन्त्रमा सुधार गएको बताउका छन ।
उनल अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदै छ, मैले तपाईँका कुरा सुने भनेर नहुने पनि बताएका छन ।
उनले भने,‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौँ । यो अत्यन्तै गम्भीर कुरा हो,’ ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो ।
त्यही हिसाबले देश अगाडि जाने हो भने देश बरबाद हुने अवस्था थियो । त्यसयताको सवा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरू चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।’
उनले अहिले कुराको जुहारी गर्ने अवस्था नरहेको पनि बताएका छन । ‘कुराको जुहारीले केही हुनेवाला छैन । कुराले च्यूरा भिज्दैन । अहिलेको औद्योगिक व्यावसायिक क्षेत्रको कुरा पनि त्यही हो ।
सरकारको कुराले उद्योगीको च्यूरा भिज्दैन,’ ओलीले नेकपा एसका नेता माधवकुमार नेपालले भनेको कुरा तर्फ व्यङ्ग्य गर्दै भने, ‘एक जना मान्छेले भन्थे नगदा नगदी, हाताहाती भन्ने गर्थे ।
त्यो उनको पदको कुरा हो । म पदको कुरा होइन । समस्या समाधानको कुरा गरिरहेको छु । अहिलेको सरकारले नगदा नगदी पुरा गर्नुपर्छ, तत्कालको तत्काल । हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि हुँदै छ ।
मैले तपाईँका कुरा सुने भनेर हुँदैन । कुरा सुनेर के पशुपतिलाई सुनाएको हो ? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ ।’
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गरे । ‘डेढ वर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन ।
अब फेरि अर्थतन्त्र उँभो लाग्छ । हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्माहत्यै गर्ने ?’ उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इङ्गित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिलेकाहीँ लाग्यो होला ।’
उनले परमादेशबाट आएको ग्रहणले डेढ वर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने पनि बताएका छन ।