प्रधानमन्त्री प्रचण्डको विश्वास: राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैन

काठमाण्डु टुडे २०७९ माघ १९ गते १७:४२ मा प्रकाशित

काठमाण्डु,१९ माघ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिन लागेको हो भनेर सोधेका थिए ।

जवाफमा उनले भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म ।’ गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको विहीबार अपरान्ह केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us