
काठमाण्डु, १९ माघ–परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल आज श्रीलंका जाँदैछन् ।
श्रीलंकाको ७५ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी कोलम्बो जान लागेकी हुन् । श्रीलंका बसाइका क्रममा पौड्यालले राजनीतिक भेटवार्तासमेत गर्नेछिन् ।
उनले राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धने तथा श्रलंकाली समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पौड्याल आगामी २५ माघमा स्वदेश फर्कने छिन् ।