संघ र प्रदेशको संसद् बैठक चल्न नदिने नागरिक उन्मुक्तिको घोषणा

काठमाण्डु टुडे २०७९ माघ १८ गते १७:०५ मा प्रकाशित

काठमाण्डु,१८ माघ– नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका कुनैपनि संसद् बैठक चल्न नदिने बताएको छ । उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै यस्तो निर्णय गरेको हो ।

आफ्ना मागमुद्दा सम्बोधन र टीकापुर घटनाका राजवन्दी रिहाइ नभएसम्म संघ र प्रदेश संसद्का कुनै पनि बैठक चल्न नदिइँदैन उन्मुक्ति पार्टीका एक नेताले बताएका छन उनले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन पनि फिर्ता गर्ने र सरकारबाट समेत बाहिरिने निर्णय गरेको बताएका छन ।

उनले यो निर्णय भोलिबाटै लागु हुने बताएका छन ।’ नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभामा ४ जना सांसद रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us