
काठमाण्डु ,१८- माघ राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गर्दै युवराज पौडेल (सफल)ले उजुरी दर्ता गराएका हुन्।
उनले लामिछानेले गरेको निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरेका छन्।
पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेजी माग गर्दै बुधबार दिउँसो निर्वाचन आयोगमा उजुरी दर्ता गरायका हुन।