
काठमाण्डु ,१४ माघ- काठमाण्डुको टोखामा एक युवक मृत फेला परेका छन् ।
मृत्यु हुनेमा उदयपुर रितु गाउँपालिका९६ घर भएका ३६ वर्षीय हेम बहादुर जोगी रहेका छन। जोगी टोखा नगरपालिका-३ भुतखेल स्थीत आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
उनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।