मेरो नेतृत्वमा सेटिङ मार्फत भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न: स्वास्थ्यमन्त्री गिरी

काठमाण्डु टुडे २०७९ माघ ९ गते १८:१४ मा प्रकाशित

काठमाण्डु,९ माघ– स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आफ्नो कार्यकालमा नीतिगत भ्रष्टाचार नहुने बताएका छन । आज सोमबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

मन्त्री गिरीले आफ्नो कार्यकालमा कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य नहुने बताएका छन । उनले भने, ‘यसभन्दा अगाडीका उपकरण खरिद टेन्टर प्रक्रिया वा अनेक बिषयमा सेटिङ गरेर भ्रष्टाचार भएको गुनासो सुनिएको छ, ‘मेरो नेतृत्वमा रहँदा सेटिङ मार्फत नीतिगत भ्रष्टाचार भएको गुञ्जायस हुन दिइने छैन ।’

मन्त्री गिरीले जनताको स्वास्थ्यको संवेदनशील जस्तो विषयमा पारदर्शिता साथ काम गर्ने प्रतिबद्धता समेत जनार्एका छन । त्यसैगरी, स्वास्थ्य बिमाको कार्यक्रममा भएको समस्याको बारेमा अध्ययन गरिरहेको उनले बताएका छन ।

‘बिमाको दायारामा व्यापक फराकिलो बनाउनुपर्ने देखिन्छ । गरिब जनता स्वास्थ्य सेवा नै नपाएर मर्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन र सर्वसुलभ गर्नका लागि बिमाको विकल्प छैन,’ मन्त्री गिरीले प्रतिबद्धता जनाए, ‘ स्वास्थ्य बिमामा रहेको समस्या अध्ययन गरेर प्रभावकारी ढंगले अगाडी बढाउछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us