
काठमाण्डु ,९ माघ -सुपर मादी हाइड्रोपावरले सोमबार देखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थीयो। आज बाट कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो। सो मध्ये कम्पनीले २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि र १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिसकेको छ।
भने ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको कम्पनीले बताएको छ।कम्पनीको सो-आइपिओ माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा माघ २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको बतायको छ।
आवेदकले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्राएनपी आइआर डबल बी रेटिङ प्रदान गरको छ।
यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।