कांग्रेसबाट उपसभामुखमा मुक्ताकुमारी यादवले गरिन् मनोनयन दर्ता

काठमाण्डु टुडे २०७९ माघ ६ गते १६:१५ मा प्रकाशित

 काठमाण्डु,६ माघ– कांग्रेसबाट मुक्ताकुमारी यादवले प्रतिनिधि सभाको उपसभामुख पदमा मनोनयन दर्ता गराएकी छिन् । शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन ।

आज विहान सभापति शेरबहादुर देउवा निवासमा बसेको शीर्ष नेताहरुको बैठकले यादवको नाममा सहमति गरेको थियो । धनुषाकी यादव समानुपातिक सांसद हुन् ।

यता, सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराइसकेकी छिन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय शुक्रबार तोकेको छ। उपसभामुखको चुनाव भोलि हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us