
काठमाण्डु,६ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनबीच उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टी पाउने सहमति भएको छ ।
सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।