राष्ट्रपति चयनमालाई मिसन बनाएर सत्ता गठबन्धन टुटाउन प्रयास गर्छौं: चन्द्र भण्डारी

काठमाण्डु टुडे २०७९ माघ ५ गते १७:१४ मा प्रकाशित

काठमाण्डु,५ माघ– कांग्रेस सांसद डा. चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन ।

सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाउन एमाले लागेको हो ।

अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको बताएका छन । सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि बताएका छन ।

उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादीसहित ४ वटा पार्टी गठबन्धनमा गयौं ।

सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन् नि

। त्यो निरन्तर प्रक्रिया हो । ’ सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us