एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ हुनुपर्थ्यो: रामहरि खतिवडा

काठमाण्डु टुडे २०७९ माघ ५ गते १६:४० मा प्रकाशित

काठमाण्डु,५ माघ– कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गर्न सभामुखबाट रुलिङ नभएको बताएका छन ।

प्रतिनिधिसभाको बैठकमा खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्योल गरेर मात्र बैठक चलाउन माग रखेका थिए ।

बैठकपछि कांग्रेस सांसद खतिवडाले भने, ‘सभामुखबाट रुलिङ हुनुपर्थ्यो । त्यो भएन । प्रधानमन्त्री र गृहमन्त्री बस्ने संसद्मा आरोपी सांसद बस्ने गरेको रेकर्ड छन् ।

तर गृहमन्त्रीले पक्राउन गर्न आदेश दिएको कुरा सुन्थ्यो । आफ्नो अगाडि भएकालाई आदेश नदिएर पछाडि भएकालाई आदेश दिने रु’ अदालतको फैसलाको कार्यान्वयनको कुरा आफूले उठाएको भन्दै व्यक्तिगत कसैसँग रिसिबी नरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us