
काठमाण्डु,५ माघ– प्रतिनिधिसभाको उपभामुख निर्वाचन ७ माघमा हुने भएको छ । संसदका जेष्ठ सदस्यको रुपमा सभाध्यक्ष पशुपतिशमशेर राणाले उपसभामुखको निर्वाचन गर्न मिति तोकेका छन ।
उनले उपसभामुखको निर्वाचन तालिका आजै प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएको छ । सभामुखको निर्देशनपछि संसद सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जसमा माघ ६ गते शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधिसभामा उम्मेदवारको प्रस्तावमाथि छलफल पछि निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।