सभामुख जस्तो गरिमामय पदको लागि देवराज घिमिरे सुयोग्य पात्र हुनुहुन्छ: राजेन्द्र लिङ्देन

काठमाण्डु टुडे २०७९ माघ ५ गते १४:५६ मा प्रकाशित

काठमाण्डु,५ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गरेका छन ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरेका हुन् । उनले उम्मेदवार सभामुख पदको घिमिरे सुयोग्य पात्र भएको पनि बताएका छन ।

उनले संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे रहेको बताएका छन ।उनले भने, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ ।

यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ , उहाँलाई निर्वाचन गरियोस् । र सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us