अफगानिस्तानमा हिमपातका कारण पच्चीस जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ ५ गते १२:३३ मा प्रकाशित

एजेन्सी -निरन्तर भयको हिमपातका कारण अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ ।

जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाकोर जाज्जानको छिमेकी सारी पुल प्रान्तमा महिला र बालबालिकासहित सात जनाको ज्यान गएको त्याँहाकासरकारी अधिकारीहरूले बतायका छन।

निरन्तर बढिरहेको चिसोसँगै भएको हिमपातले अफगानिस्तानका केही भागमा बाक्लो हिउँ जमेको छ । यसैबीच, चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा बिरामी भएका एक सय ४० जनालाई प्रान्तीय अस्पतालमा भर्ना गरिएको छ ।

फगानिस्तानमा चीसो बढेसगै दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगानी नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us