
काठमाण्डु,५ माघ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफू कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने बताएका छन ।
आज बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।
बैठकमा सभाध्यक्षको ध्यानाकर्षण गराउँदै काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या आरोपी सांसद आएको र उनलाई पक्राउ गर्न माग गरेपछि लामिछानेले प्रक्रिया अनुसार कदम चाल्ने बताएका छन ।
उनले विधि र पद्धति भन्दा गृह मन्त्रालय बाहिर नजाने प्रतिबद्धता पनि जनाएका छन ।